user image 8 months ago

विदेशबाट ल्याइएको शव काठमाडौंबाट गाउँ लैजान कहाँ सम्पर्क गर्ने?

info gram

0 1 Answers
more
Binita Khadka 8 months ago
काठमाडौं उपत्यका भित्र शव लैजानु पर्ने भए तत्कालै सेवा पाइन्छ । तर काठमाडौं बाहिरको जिल्लामा शव लैजानु पर्ने हुँदा एक दिन अगाडि नै निवेदन दिनुपर्छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले काठमाडौंदेखि मृतकको गाउँसम्म पुर्‍याइदिन्छ । त्यसका लागि एक पैसा तिर्नुपर्दैन, अथवा बोर्डले दिएको यो सेवा निःशुल्क हो । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाउँसम्म शव पुर्‍याउन बोर्डले चार वटा कम्पनीलाई जिम्मा दिएको छ । चाहिएका बेला ती कम्पनीले शववाहन उपलब्ध गराउँछन् ।

आरडी ढुवानी सेवाले २४ र सेती गणेश ढुवानी सेवाले १८ वटा जिल्लामा शव पुर्‍याउने जिम्मा लिएका छन् । त्यस्तै सेती गणेश सप्लायर्स प्रालिले १५ र बुद्धछाप ढुवानी सेवाले १६ वटा जिल्लामा शव पुर्‍याउँछन् । शववाहनको सेवा लिन काठमाडौंको नयाँ बानेश्वरमा रहेको बोर्डको सचिवालयमा सम्पर्क राख्नुपर्छ ।



Phone No. 01-4105058, 4105068

Toll Free No.:166001-50005

e Mail: [email protected]

New Baneshwar


 
This question
Loading..
Welcome to Asknep !
A place to get help and share knowledge.
Asknep is a community people, just like you, helping each other. Join them; it only takes a minute to Login